सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन : जब सहवासका लागि जान पास चाहियो भन्दै निवेदन आयो....

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ जेठ ४, ०७:५४

कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको भन्दै विभिन्न शहरहरुमा लकडाउन गरिएको छ। अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन्। अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि सम्बन्धित प्रशासनले अनुमतिपत्र अर्थात् पासको व्यवस्था गर्ने गरेको छ।

भारतको केरला राज्यमा पनि हाल कोभिड १९ का कारण लकडाउन चलिरहेको छ। जसका कारण अत्यावश्यकीय कामका लागि निस्किनुपर्ने मानिसहरुले विद्युतीय पासका लागि आवेदन गर्नुपर्दछ र त्यस्तो पास प्राप्त भइसकेपछि मात्र सो लिएर हिड्नु पर्दछ।

अधिकारीहरुले दिनहुँ लाखौँको संख्यामा यस्ता निवेदन प्राप्त गरिरहेका छन्। त्यस्ता निवेदनमा अधिकांश निवेदकले बाहिर निस्कनु पर्ने कारण वस्तुपरक तथा यथार्थ उल्लेख गर्ने गरेका हुन्छन्। तर कतिपय निवेदकले चाहिँ निकै बनावटी तथा अनौठो कारण उल्लेख गरेर समेत पासका लागि निवेदन पेश गर्ने गरेका छन्। यसैमध्येको एक महा अनौठो निवेदन हालै केरला पुलिसले प्राप्त ग¥यो।

केरलाको कान्नापुरमस्थित कान्नुरमा बस्ने एक व्यक्तिले सहवासका लागि बेलुकी घर बाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गरे। उनले ई–पासका लागि दिएको आवेदनमा पास चाहिनुको कारण ‘गो फर सेक्स’ उल्लेख थियो । जब प्रहरीले त्यस्तो अनौठो निवेदन प्राप्त ग¥यो तब वालामट्टनममा रहेको प्रहरी कार्यालयले आवेदक व्यक्तिको खोजी सुरु गरिहाल्यो।

प्रहरीले उक्त व्यक्तिलाई समातेर प्रहरी चौकीमा ल्यायो र सम्भोगका लागि बेलुकी घरबाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गर्नाको कारण सोध्यो।

प्रहरीले अनलाइनमा प्राप्त उनको निवेदन देखाएपछि ती व्यक्ति छाँगाबाट खसेजस्तो भए। आफूले बेलुकी ६ बजे कामका लागि घरबाहिर निस्किनुपर्ने भन्ने लेखेको तर ‘सिक्स ओ’क्लक’ लेख्नुपर्नेमा गल्तीले ‘फर सेक्स’ हुन पुगेको उनले प्रष्टीकरण दिए।

हिज्जे र सन्दर्भमै गल्ती भएको कुरा आफूले थाहा नपाएको र गल्ती भएको निवेदन नै पेश हुन आएकोमा उनले माफी मागे। उनले गल्ती स्वीकार गरेसँगै प्रहरीले ती व्यक्तिलाई छाडेको थियो।  -टाइम्सनाउबाट


 

कमेन्ट लोड गर्नुस