सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख २५ हजार बराबरको अवैध सामान बरामद

२०७८ जेठ ४, ०६:२० खबर संवाददाता

धनगढीः कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीको गस्ती टोलीले १ लाख २५ हजार १७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वाटर.शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट ब्रह्मदेव, दोधारा चाँधनी, बयलबन्दा र गड्डाचौकीबाट खटिएको गस्ती टोलीले सोमबार सो अवैध सामान बरामद गरेको हो।

सो पैदल गस्ती टोलीले निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्ती, बिंडी, चिनी, गुट्खा, साइकल, प्रतिबन्धित माछा र काठसहित बरामद गरेको जनाइएको छ। आवश्यक कानुनी कारवाहीको लागि सो सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा, काठ वन कार्यालय महेन्द्रनगरमा बुझाइएको र प्रतिबन्धित माछा नष्ट गरिएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस