सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहयोग

२०७८ जेठ ४, १२:२७ खबर संवाददाता

धनगढीः रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि  थानेश्वर प्रशाद भट्ट र रमिता पन्त भट्टले आर्थिक सहयोग गरेका छन्। उनले २१ सय सहयोग गरेका हुन्। 

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन्।

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ। सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ।
 
 

कमेन्ट लोड गर्नुस