सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लबद्वारा आर्थिक संकलन अभियान स्थगित

२०७८ जेठ ३, ०९:३८ खबर संवाददाता

धनगढीः रोटरी क्लब धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि चलाएको सहयोग अभियान स्थगित गरेको छ। 

सुदूरपश्चिमका अस्पतालहरूमा १ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने उद्देश्यले थालिएको आर्थिक संकलन अभियानमा दुइ दिनमै आवश्यक रकम संकलन भएको भन्दै क्लबले आर्थिक संकलन अभियान बन्द गरेको हो। 

क्लबले अबको १० दिन भित्र अक्सिजन कन्सन्ट्रेटर अस्पतालहरूलाई हस्तान्तरण गर्ने बताएको छ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गर्न क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अहिल गरेको थियो। 

रोटरी क्लबका संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्टले महामारीको यो कठिन समयमा अक्सिजन नपाएर मृत्यु भइरहेका नागरिकको जीवन रक्षाका लागि थालिएको यस अभियानमा जोडिएर सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिएका छन्। 

कमेन्ट लोड गर्नुस