सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडादशैंको आठौँ दिन आज महाअष्टमी

२०७५ असोज ३१, ०६:३९ खबर संवाददाता

हिन्दुहरुको महान चाड बडादशैंको आठौँ दिन, आश्विन शुक्ल अष्टमीका अवसरमा आज शक्तीपिठका साथै घरघरमा महाअष्टमी पर्व मनाईदै छ । यो दिन विशेषगरी शक्तीस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्री गर्ने प्रचलन रहेको छ । देवी भागवतमा उल्लेख भए अनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तीशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिईन ।
 महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा लगायतका देवीहरूको पूजाआजा गरिन्छ । पूजा पश्चात् बोका, कुखुरा, हाँस, राँगोको बली दिईन्छ । महा अष्टमी पर्वका अवसरमा आज सुदुरपश्चिमका विभिन्न शक्ती पिठहरुमा वली दिईने चलन छ । बैतडीको निङ्लासैनी भगवती मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीको डिलासैनी भगवती मन्दिरमा सयौँको सख्या पशु बली दिने चलन छ ।निंङगलासनी भगवतीको मन्दिर डडेल्धुराको उग्रतारा मन्दिरमा आज मेला पनि लाग्ने गरेको छ । जगन्नाथ, त्रिपुरा सुन्दरी, शिवनाथ, मेलौली लगायतका मन्दिरमा महाष्टमी पूजा गर्नेको भीड लाग्ने गरेको छ । यस्तै अष्टमी मनाएका ठाउँमा घटस्थापनाका दिन राखिएका जमरा काट्ने चलन छ ।

 

कमेन्ट लोड गर्नुस