सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमस्तेमा एचडी भ्वाइससहितको नयाँ सेवा, कुन–कुन मोबाइलमा चल्छ ?

२०७८ जेठ ३, १०:४६ खबर संवाददाता

काठमाडौं: विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ।

यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ। टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ।

कसरी एक्टिभ गर्ने ?

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा ८४४४३डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ। त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ।

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ। त्यसपछि ८१११३ डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ। यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ।

कुन–कुन मोबाइल सेटमा सपोर्ट गर्छ ?

नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने/नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ।

हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ । भ्वाइस ओभर एलटिई सेवा एक्टिभ हुने मोबाइलका मोडेलहरु यी हुन्–

१. सामसङ

Galaxy M01s, Galaxy M02, Galaxy M02s, Galaxy M11, Galaxy M12, Galaxy M21, Galaxy M30s, Galaxy M31, Galaxy A12, Galaxy A51, Galaxy A52, Galaxy A70, Galaxy A70s, Galaxy A71, Galaxy A72, Galaxy Note 10 Lite, Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S20, Galaxy S20+, Galaxy S20 ultra, Galaxy S20 FE, Galaxy S21, Galaxy S21+, Galaxy S21 Ultra, Galaxy Note 10, Galaxy Note 10+, Galaxy Note 20, Note 20 Ultra, Galaxy Z Fold2.

२. साओमी

Redmi 9 Prime, Mi10, Redmi 9C, Redmi Note 9 Pro, Redmi 8A

३. नोकिया

Nokia 5.3, Nokia 7.2, Nokia 3.4

नेपाल टेलिकमले अन्य मोडेलहरुमा पनि भिओ एलटिई सेवा उपलब्ध गराउने काममा क्रियाशील रहेको जनाएको छ ।

कमेन्ट लोड गर्नुस