सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा अध्यक्षले दिए बिद्यालयलाई आफ्नो तलब

। फोटो स्रोत ।
२०७५ असोज ३०, ०५:४५ खबर संवाददाता

बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन। हरेक बर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष थापाले बताए। ‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ’ वडाध्यक्ष थापाले भने। गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको अध्यक्ष थापाले बताए। 

 
 

कमेन्ट लोड गर्नुस