सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न रोटरी क्लब धनगढीले २ दिनमा संकलन गर्‍यो ६७ लाख

२०७८ जेठ २, ०८:०० खबर संवाददाता

धनगढीः रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान थालेको २ दिनमा ६७ लाख रकम संकलन भएको छ। 

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेसंगै शनिबारबाट अभियान थालिएको थियो। आइतबार साझ ७ बजेसम्म ६७ लाख संकलन भएको रोटरी क्लव अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले बताए। 

क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको छ। अझै ६३ लाख रकम क्लबलाई आवस्यक छ। शनिबार एक अपिल सार्वजनिक गर्दै क्लबका अध्यक्ष तोयराज भट्टले सहयोगका लागि सबैलाई  आग्रह गरेका थिए। 

उनले शनिबार विज्ञप्तिमार्फत भनेका थिए, ‘भारतको राजधानी नयाँ दिल्लीमा प्रति एक थान अक्सिजन कन्सन्ट्रेटरको मुल्य एक लाख ३० हजार नेपाली पर्ने देखिएको छ। यसका लागि एक करोड ३० लाख रकमको आवश्यकता पर्छ। यस रकमका लागि रोटरीका ईन्टरनेशनल क्वबलहरुले पनि प्रतिवद्धता जनाएका छन्। रोटरी क्लब अफ धनगढीको सय थान कन्सन्ट्रेटर वितरणमा तपाई, व्यवसायीहरु, सामाजिक अभियन्ताहरु, समाजसेवी, गैरसरकारी संस्थाहरु र आम नागरिकहरुको सक्दो सहयोगका लागि अपिल गर्दछौं। 

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ।

सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन समेत गर्न सकिनेछ।


 

कमेन्ट लोड गर्नुस