सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा भेटियो ३ सय ७० क्यूफीट सालका गोलिया

२०७८ जेठ २, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा ३ सय ७० क्यूफीट सालको गोलिया फेला परेको छ।

सब–डिभिजन वन कार्यालय बडैपुरका अनुसार नगरपालिकाको वडा नम्बर ७ कम्दामा झण्डै बेवारिसे अवस्थामा रहेको झन्डै चार लाख मुल्य बराबरको सालका गोलिया फेला परेको हो। शनिबार फेला परेको ३ सय ७० क्यूफीट सालका गोलिया डिभिजन वन कार्यालय धनगढी ल्याइएको सब–डिभिजन वन कार्यालय बढैपुरका प्रमुख चन्द्र भण्डारीले बताए।

काठ तस्करीको हुन सक्ने अनुमान गरिएको छ। तस्करका बारेमा भने वन कर्मचारी अनभिज्ञ छन्।  सो बिषयमा अनुसन्धान थालिएको वन कार्यालयले बताएको छ।
 

कमेन्ट लोड गर्नुस