सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबार सुदूरपश्चिममा थप १०५७ जनामा कोरोना पुस्टि, २१ जनाको मृत्यु, २१७ जना निको भए

२०७८ जेठ २, ०७:१९ खबर संवाददाता

धनगढीः आइतबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १८२० नमूना पीसीआर तथा ३७६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २१९६ नमूना परीक्षण गर्दा १०५७ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

एक हजार ८ सय २० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९४४ जना संक्रमित भेटिएका छन् भने, ३७६ जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८२० जनाको नमूना परिक्षण गर्दा थप ९४४ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ११३६ नमूना परीक्षण गर्दा ६९९ जना, महाकाली अस्पतालमा ११४ नमूना परीक्षण गर्दा ७५ जना, डडेल्धुरा अस्पतालमा १०२ जनाको नमूना परीक्षण गर्दा २४ जना, बैतडी अस्पतालमा १८८ जनाको नमूना परीक्षण गर्दा ५६ जना, डोटी अस्पतालमा ८१ जनाको नमूना परीक्षण गर्दा २७ जना र जिल्ला अस्पताल बझाङमा १९९ जनाको नमूना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९७ हजार ४५० नमूना परीक्षण गर्दा ३० हजार ४२० जनामा संक्रमण पुस्टि भएको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १६ हजार २२० जनाले कोरोना जितेका छन्, भने ३३४ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २१७ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, त्यस्तै डडेल्धुरा र बझाङका २/२ जना, यस्तै बैतडी, अछाम र दार्चुलाका १/१ जना संक्रमितको ज्यान गएको निर्देशनालयले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस