सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मालिका अक्सिजन ग्यास उद्योगको अपिल, “घरमा अक्सिजन सिलिन्डर नराखौं”

२०७८ जेठ १, ०७:११ खबर संवाददाता

धनगढीः धनगढीको मालिका अक्सिजन ग्यास उद्योगले सर्वसाधरणलाई घरमा अक्सिजन ग्यासको सिलिन्डर नराख्न आग्रह गरेको छ। 

अस्पतालहरुमा कोरोना संक्रमितलाई अक्सिजनको अभाव रहेको भन्दै घरमा अक्सिजन सिलिन्डर नराख्न उद्योगले अपिल गरेको हो। कोरोना संक्रमितको जीवन रक्षाका लागि अक्सिजन ग्यास अति आवश्यक रहेको भन्दै रातिको समयमा समेत अक्सिजन उत्पादनको काम भइरहेको उद्योगका सञ्चालक हिक्मत शाहीले दिनेश खबरलाई बताए। 

उनका अनुसार उद्योगले २४ घण्टामा एक सय ५० सिलिन्डर  अक्सिजन ग्यास उत्पादन गर्दै आएको छ। तर गर्मीको समयमा उपकरण तात्ने भएकाले सो मात्रामा उत्पादन गर्न नसकिएको हो। अक्सिजनको माग धेरै भएकाले आपूर्तिमा सहजताका लागि सबैमा उद्योगले अपिल गरेको छ।

उद्योग धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा २ वर्ष पहिले सञ्चालनमा आएको थियो। 


 

कमेन्ट लोड गर्नुस