सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लब धनगढीले थालेको अभियानमा देवेन्द्र हमालद्वारा ३ लाख सहयोग

२०७८ जेठ १, ०५:३२ खबर संवाददाता

धनगढीः रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न थालेको अभियानमा धनगढीका देवेन्द्र हमालले आर्थिक गरेका छन्।

दिनेश सोपका कार्यकारी अध्यक्ष हमालले क्लबलाई ३ लाख सहयोग गरेका हुन्।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ। 

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन्। 

उनले शनिबार विज्ञप्तिमार्फत भनेका छन्, ‘भारतको राजधानी नयाँ दिल्लीमा प्रति एक थान अक्सिजन कन्सन्ट्रेटरको मुल्य एक लाख ३० हजार नेपाली पर्ने देखिएको छ। यसका लागि एक करोड ३० लाख रकमको आवश्यकता पर्छ। यस रकमका लागि रोटरीका ईन्टरनेशनल क्वबलहरुले पनि प्रतिवद्धता जनाएका छन्। रोटरी क्लब अफ धनगढीको सय थान कन्सन्ट्रेटर वितरणमा तपाई, व्यवसायीहरु, सामाजिक अभियन्ताहरु, समाजसेवी, गैरसरकारी संस्थाहरु र आम नागरिकहरुको सक्दो सहयोगका लागि अपिल गर्दछौं। यसमा जम्मा भएको रकम जोगिएमा हामीले कोरोना जाँचका लागि एन्टिजेन किट पनि खरिद गरी स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्नेछौं।’

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ। सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ।
 

कमेन्ट लोड गर्नुस