सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई आपतकालीन सहयोग आवश्यक: डब्ल्यूएचओ

२०७८ जेठ १, ०४:२४ खबर संवाददाता

काठमाडौं: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेको बताएका छन्।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको उल्लेख गर्दै नेपाललाई तत्काल आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिएका हुन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस