सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका अध्यक्ष जोशीले भने– सुदूरपश्चिमवासीले बाच्न नपाए ठुलो विद्रोह हुनसक्छ

२०७८ जेठ १, ११:२६ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा  उपचार नपाए विद्रोह हुने बताएका छन्। 

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि विभिन्न सरकार तथा राजनीतिक दलसँग आग्रह गर्दा पनि कुनै परिणाम ननिस्किएको भन्दै गुनासो गरेका छन्।  

‘सुदूरपश्चिम  प्रदेशको एक मात्र ३० लाख  जनताको आशा र भरोसाको केन्द्रबिन्दु सेती प्रादेशिक अस्पतालमा  अक्सिजन व्यवस्थापनका लागि बारम्बार विभिन्न तहका सरकार  र राजनीतिक दलका नेतृत्वसँग  अनुरोध गर्दापनि हालसम्म कुनै ठोस  परिणाम  नदेखिएकोले  सुदूरपश्चिमवासीको बाच्न पाउने  अधिकार  सुरक्षित  भएन भने ठुलो बिद्रोह  हुनसक्छ’ उनले लेखेका छन्। 


 

कमेन्ट लोड गर्नुस