सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो

२०७८ जेठ १, ०५:४९ रासस

काठमाडौँ: सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ। 

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौँ ल्याएको थियो।

विराटनगरबाट बिहीबार र शुक्रबार काठमाडौँ ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफनो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस