सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान सुरू

२०७८ वैशाख ३१, ०९:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान सुरू गरिएको छ।

बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा अक्सिजनको चरम अभाव भएपछि व्यवसायी तथा युवा समाजसेवी खडक शाह र दीपेन्द्र विष्टलगायतका व्यक्तिहरूले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग अभियानको सुरूवात गरेका हुन्।

शुक्रबारदेखि सुरू गरिएको अभियानमा एकै दिन झण्डै सात लाख रकम संकलन भएको उद्योग वाणिज्य संघ बेलौरीका उद्योग उपाध्यक्षसमेत रहेका शाहले बताए।

उनले मङगलबारसम्म संकलन भएको रकमले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर श्रीपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने बताए।

अहिले कोरोना महामारीका बेला बेलौरीमा पनि अक्सिजनको चरम अभावका कारण संक्रमितहरूले ज्यान गुमाइरहेका छन्। कतैबाट पनि अक्सिजनको जोहो नभएपछि सहयोग रकम संकलन गरेर अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न लागिएको शाहले बताए।

अक्सिजन खरिद गर्नका लागि सक्दो आर्थिक सहयोग गर्न उनीहरूले अपिलसमेत गरेका छन्।

सहयोग गर्न चाहने दाताहरूले दीपेन्द्र विष्टको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको बेलौरी शाखाको खाता नम्बर ४३९०१००००००३१००७ मा सोझै रकम जम्मा गर्न सक्नेछन्। त्यस्तै इ-सेवाको ९८५८७५२२०२ र ९८४८७३७३५८ मा समेत पैसा जम्मा गर्न सकिने छ।

कमेन्ट लोड गर्नुस