सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज फूलपाती भित्र्याइँदै

फाईल फोटो
फाईल फोटो
२०७५ असोज ३०, ०७:२५ खबर संवाददाता

विजया दशमी अन्तरगत आज फूलपाती, हरेकवर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। फुलपातीकै अवसरमा सुदूरपश्चिम प्रदेशमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि विशेष कार्यक्रम सहित फुलपाती भित्र्याउने तयारी गरेको छ। 

कमेन्ट लोड गर्नुस