सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध मदिरा र काठ बरामद

२०७८ वैशाख ३१, ०५:३१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध मदिरा र काठ बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका ६ त्रिवेणी चोकस्थित विष्ट डेरीबाट अवैध रुपमा बेच्न राखिएका विभिन्न कम्पनीका मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै कृष्णपुर नगरपालिका ७ का १८ वर्षीय सागर ताम्राकार, १९ वर्षीय सुरज ताम्राकार र १८ वर्षीय रोशन ताम्राकारको साथबाट ७.६१ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।

उनीहरुलाई काठ लगिरहेको अवस्थामा कृष्णपुर नगरपालिकाकै वडा नम्बर ८ मजगाउमा फेला पारेको उनले बताए। बरामद मदिरा आन्तरिक राजस्व कार्यालय कञ्चनपुर पठाईएको र काठ सब डिभिजन कार्यालय पिपरिया पठाइएको प्रवक्ता थापाले बताए। 
 

कमेन्ट लोड गर्नुस