सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना पुस्टि, धनगढीका २५

२०७८ वैशाख ३१, ०४:४७ खबर संवाददाता

धनगढीः सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ हजार २०३ नमूना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै २५ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ४०८ जना र अन्य जिल्लाका १०१ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

हाल अस्पतालमा ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये २ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ८० जना अक्सिजन सपोर्टमा उपचाररत छन्। पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा १० पुरुष र ४ महिला गरी १४ जना उपचाररत छन्।
 

कमेन्ट लोड गर्नुस