सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहिबार सुदूरपश्चिममा ८१० जनामा कोरोना पुस्टि, १७ जनाको मृत्यु, २४७ जना निको भए

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख ३०, ०८:५४ खबर संवाददाता

धनगढीः बिहिबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १७२३ नमूना पीसीआर तथा ४५१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २१७४ नमूना परीक्षण गर्दा ८१० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा ७१२ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ९८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७२३ जनाको नमूना परिक्षण गर्दा थप ७१२ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९६० नमूना परीक्षण गर्दा ३६९ जना, महाकाली अस्पतालमा १२८ नमूना परीक्षण गर्दा १०३ जना, डडेल्धुरा अस्पतालमा १०० नमूना परीक्षण गर्दा ३५ जना, डोटी अस्पतालमा २६ नमूना परीक्षण गर्दा ९ जना, बैतडी अस्पतालमा १८३ नमूना परीक्षण गर्दा ८८ जना, बझाङ्ग अस्पतालमा १८२ नमूना परीक्षण गर्दा ६० जना र अछामको कमलबजार अस्पतालमा १४४ जनाको नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९२ हजार ६८६ नमूना परीक्षण गर्दा २७ हजार ४७० जनामा संक्रमण पुस्टि भएको छ।

प्रदेशभर संक्रमण पुस्टि भएका १५ हजार ६ सय ४१ जनाले कोरोना जितेका छन् भने, २८७ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २४७ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका ११ जना, कञ्चनपुरका ४ जना, बझाङ्ग र अछामका १/१ जना गरी कुल १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस