सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख ३०, ०३:२० खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र  धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको हो। 

धनगढी उपमहानगरपालिका–२ की ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र गोदावरी ३ कै ५२ वर्षीय पुरुषको  उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस