सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना पुस्टि, धनगढीका ११८

२०७८ वैशाख ३०, ०३:१५ खबर संवाददाता

धनगढीः सेती अस्पतालमा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १०१ जना र अन्य जिल्लाका ५१ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

हाल अस्पतालमा ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, ४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। 

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ।

त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २५ पुरुष र १० महिला गरी ३५ जना उपचाररत छन्।
 

कमेन्ट लोड गर्नुस