सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्ल्डलिंकका सञ्चालक जलानको कोरोनाबाट निधन

२०७८ वैशाख ३०, ०१:१७ खबर संवाददाता

काठमाडौं: इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। 

बिहीबार कोभिड संक्रमित ४७ वर्षीय जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन्। 


 

कमेन्ट लोड गर्नुस