सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ वैशाख ३०, १०:५३ खबर संवाददाता

धनगढी: कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका -१ स्थित एकतानगर शिविरमा घरमाथि रुख खस्दा ४० वर्षीया देउकला कामीको मृत्यु भएको प्रहरीले बताएको छ।

गएराति चलेको हावाहुरीले घरमाथि रुख खसेपछि च्यापिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

कमेन्ट लोड गर्नुस