सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिक जोडघटाउ रोकी जीवन रक्षालाई प्राथमिकतामा राख्न चिकित्सक संघको अपील

२०७८ वैशाख ३०, १०:०१

काठमाडौः नेपाल चिकित्सक संघले राजनीतिक जोडघटाउ रोकी कोराना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्न अपील गरेको छ।

‘अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने।’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आ(आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न संघले अपील गरेको छ।
 

कमेन्ट लोड गर्नुस