सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युत सेवा ठप्प

कैलालीकाे जाेशीपुरमा लडेकाे विद्युत पोल (फोटोः सुधर्म दहित)
कैलालीकाे जाेशीपुरमा लडेकाे विद्युत पोल (फोटोः सुधर्म दहित)
२०७८ वैशाख ३०, ०७:४६ खबर संवाददाता

धनगढीः धनगढीमा विद्युत सेवा ठप्प भएको छ। बुधबार साँझ चलेको हावाहुरी र वर्षापछि धनगढीको विद्युत सेवा ठप्प भएको हो। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रसम्म विद्युत छ। तर केन्द्रबाट विद्युत अवरुद्ध भएको प्राधिकरणले बताएको छ। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका अनुसार ६ फिडर मध्ये  ४ को विद्युत अवरुद्ध भएको हो। भन्सार क्षेत्र र मनेहरा क्षेत्रको फिडरमा भने विद्युत छ। 

अन्य फेडरहरुमा विद्युत अवरुद्धको कारण समेत प्राधिकरणलाई जानकारी छैन्।  प्राविधिकहरुले कुन–कुन क्षेत्रमा समस्या आएको खोजिरहेको  प्राधिकरणले बताएको छ। समस्या पत्ता नलागेकाले बन्न कति समय लाग्छ, त्यो बारेमा पनि प्राधिकरण अनभिज्ञ छ। 

कमेन्ट लोड गर्नुस