सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाद्वारा बुटवल र भैरहवाका अस्पतालमा अक्सिजन हस्तान्तरण

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २९, ०९:४१ रासस

काठमाण्डौँः नेपाली सेनाले भैरहवा र बुटवलका अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को अनुरोधमा सेनाको २८ नम्बर बाहिनीले बाराको सिमरामा संकलन गरेको अक्सिजन हेलिकोप्टरद्वारा ढुवानी गरी बुधबार हस्तान्तरण गरेको हो।

भैरहवास्थित भीम अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनका कमीबाट बिरामी उपचारमा समस्या आएपछि सिमरामा संकलित अक्सिजन ती दुवै अस्पताललाई आज साँझ हस्तान्तरण गरिएको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

यसअघि सेनाले लामो समयदेखि बन्द  पनौती र थानकोटस्थित अक्सिजन उद्योग दक्ष प्राविधिक जनशक्ति खटाएर सञ्चालनमा सहयोग पुऱ्याएको थियो। सेनाले अक्सिजन ढुवानीमा समेत सहयोग पुऱ्याउँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस