सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवा आश्रमलाई सहयोग

२०७८ वैशाख २९, ०६:३९ खबर संवाददाता

धनगढी :  मानवसेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन्। 

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४ गोवरियाका पदम बहादुर ठकुराठी र  म्याम चन्द्रा विष्ट  ठकुराठीले आफ्नो छोरी निमिशा ठकुराठीको जन्मदिनको अवसरमा ५ हजार १ सय रुपैँया सहयोग गरेका हुन्। 

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ पुरानो भन्साररोड बस्ने दिपक रावत र दुर्गा खडायत रावतले आफ्नो तेस्रो विवाह वर्षगाँठको अवसरमा ५ हजार ५ रुपैँया सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। 

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का उत्तरवेहडीका नरोत्तम भट्टले आफ्नी आमाको ४५औँ पुण्यतिथिमा ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका छन्। 

यस्तै धनगढीकै वसन्त टोलका मनिराज जोशीले श्रीमती ईश्वरी देवी जोशीको ६५औँ जन्मदिनको अवसरमा ६ हजार ५ सय रुपैँया सहयोग गरेको मानवसेवा आश्रामले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस