सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ३ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २९, ०४:२४ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जनाको मृत्यु भएको हो। 

धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, ३ कै ५४ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया महिलाको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस