सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

२०७८ वैशाख २८, १०:४२ खबर संवाददाता

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने निर्णय भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए।

साथै निजी अस्पतालहरूलाई पनि एक तिहाई बेड मात्र अन्य बिरामीहरुका लागि छुट्याएर अरु सबै बेड कोभिड बिरामीका लागि छुट्याउन आग्रह गरेको उनले बताए।

अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने बताए।
 

कमेन्ट लोड गर्नुस