सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २८, ०५:५६ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका २ जना र कञ्चनपुरका एक जनाको मृत्यु भएको हो। 

कैलालीको धनगढी उपमहानगरपालिका–६ का ५७ वर्षीय पुरुष, कैलालीको जोशीपुर गाउँपालिका–७ की ७४ वर्षीया महिला र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ६४ वर्षीय पुरुषको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस