सुदूर नेपाललाई विश्वसँग जोड्दै

बल्ल बनाए स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन

२०७८ वैशाख २८, ०५:२७ रासस

नुवाकोट: कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि  स्थानीय तहले  पूर्व तयारीलाई ध्यान दिन थालेका छन्। हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन्। विदुर नगरपालिका, तादी  र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन्।

विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन  बनाएको छ। सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन  तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिए।

तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ।  

शिवपुरीले  अक्सिजन सहितको २० श्यया आइसोलेशन  तयार गरेको  छ।  गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताए।

जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ। आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन्। ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई  बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ। हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ। २०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो।

यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस