सुदूर नेपाललाई विश्वसँग जोड्दै

झलनाथ खनाल घर फिर्ता

२०७८ वैशाख २८, ०५:२४ रासस

काठमाडौं: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन्।  कोभिड–१९  सङ्क्रमित भएपछि यही वैशाख १८ गते  नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन्। 

उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए। अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार  डिस्चार्ज भएकाे जानकारी दिए। 

सङ्क्रमण  भएपछि  उनलाई सुरुमा अक्सिजन दिइएको  र त्यसपछि  प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।  नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो। 

कमेन्ट लोड गर्नुस