सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाभाइरसको कडा भेरियन्ट, १००० गुणा तीब्र गतिमा फैलिँदै

Photo : ADNAN ABIDI / REUTERS
Photo : ADNAN ABIDI / REUTERS
२०७८ वैशाख २८, ०४:४६ खबर संवाददाता

एजेन्सी: कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट। यो शब्दले सबैलाई त्रसित पारिरहेको छ। कोरोनाभाइरसको यो एक भेरियन्ट कुर्नूलमा सबैभन्दा पहिला भेटिएको र विशाखापत्तनममा हाल फैलिरहेको भाइरसको तुलनामा यो १००० गुणा तीब्र गतिमा फैलिरहेको बीबीसी हिन्दीले जानकारी दिएकाे छ।

यो खबरले मानिसहरुले असाध्यै डराइरहेका छन् र राजनीतिक आँधी आउने सम्भावना पनि जताइँदैछ।

यहाँसम्म कि दिल्ली सरकारले आन्ध्र प्रदेश र तेलंगानाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइदिएको छ।

यस्तोमा प्रश्न यो उठ्छ कि कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट के साँच्चै नै यति शक्तिशाली छ ? र विशेषज्ञ यसबारे के भनिरहेका छन् ?

भाइरसको भेरियन्ट के हो ?

एक भाइरस कुनै पनि व्यक्तिको शरीरमा हुर्कन थाल्छ। विज्ञानको भाषामा भन्ने हो भने मनुष्यको शरीरमा यी भाइरसले आफ्नो सेल्स (कोसिका) को संख्या बढाउन थाल्छ। यो प्रक्रियालाई हामी रेप्लिकेशन वा प्रतिकृति बन्नु भन्ने गर्छौं।

त्यसपछि यो एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन थाल्छ र यसै गरी यसको विकास हुन्छ। यो प्रक्रियामा यो आफैं परिवर्तन पनि हुन थाल्छ जसलाई विज्ञानको भाषामा म्युटेशन भनिन्छ।

स्वरुप बदलिरहेको यो म्युटेशन दुई तीन महिनाको अवधिमा एक भेरियन्ट बन्ने गर्छ।

जब एक भाइरसले बिरामीको लक्षण फेरिदिन्छ तब यो फैलने गती र शरीरमा रोगको असर पनि परिवर्तन हुने गर्छ।

ठिक यसै गरी जबदेखि कोरोनाभाइरस अस्तित्वमा आएको छ, यसको सयौं हज्जारौं म्युटेशन भएको छ र तीमध्ये केही भेरियन्ट बनेका छन्। 

तर कोरोनाभाइरसको सबै भेरियन्टबारे चर्चा भइरहेको छैन। तीमध्ये केही तीब्र गतिमा फैलिरहेको छ।

निजामाबाद गभर्नमेनट मेडिकल कलेजका डाक्टर मदाला किरण भन्छिन्, ‘विश्व स्वास्थ्य संगठनका अनुसार आज दुनियाँमा कोरोना भाइरसको सयौं भेरियन्ट छन् तर तीमध्ये हामीले तीनलाई मात्रै गम्भीरताका लागि लिनुपर्छ। त्यो दक्षिण अफ्रिका, ब्राजिल र बेलायती भेरिन्छ। यही भेरियन्टबारे धेरै चर्चा भइरहेको छ। यसबारे अन्य सात भेरियन्ट छन् जसमाथि हामीले निगरानी राख्नुपर्छ। यी सात भेरियन्टमध्ये एउटा महाराष्ट्र भेरियन्ट हो।’

यसलाई बेलायती भेरियन्ट बताइँदैछ। यसको २३ म्युटेशन भइसकेको छ र महाराष्ट्र भेरियन्टका १५ म्युटेशन छन्।

के महाराष्ट्र भेरियन्ट कति खतरनाक छ ?

यतिबेल महाराष्ट्र भेरियन्ट आन्ध्र प्रदेश र तेलंगानामा तीब्र रुपमा फैलिरहेको छ। यसलाई डबल म्युटेन्ट नाम दिइएको छ। कोरोना भाइरसका दुई म्युटेशन  L452R  र E484Q. का विशेषता महाराष्ट्र भेरियन्टमा उच्च स्तरमा पाइएको छ।

डाक्टर मदाला किरण भन्छिन्, ‘महाराष्ट्रका दुबै म्युटेन्टले मानिसको शरीरलाई निकै बलियोसँग आफ्नो पकडमा पारिरहेको छ। यसैकारण संक्रमित व्यक्तिमा यसको गम्भीर लक्षण देखिएको छ।’

अर्कोतर्फ स्थानीय अधिकारीका अनुसार विशाखापत्तनममा संक्रमणको स्तर असाध्यै तीब्र गतिमा बढिरहेको छ।

आन्ध्र मेडिकल कलेजका प्रधानाध्यापक र उत्तरी आन्ध्र प्रदेशमा कोभिड प्रबन्धनका नोडल अफिसर डाक्टर सुधाकर भन्छन्, ‘भाइरसको इन्क्यूबेशन पिरियड (संक्रमणको लक्षण देखिने लाग्ने समय) असाध्यै कम भएको छ। अतितमा सात दिनमा यसको लक्षण देखिन्थ्यो भने अब तीन दिनको समय लागिरहेको छ । कफको समस्या बढेको छ। युवाहरुमा यसको असर देखिएको छ। मृत्युदरको आँकडा पनि बढिरहेको छ। यसरी नै अक्सिजनको आवश्यकता पर्ने बिरामीको संख्या पनि १५ प्रतिशत बढेको छ। समग्र रुपमा हेर्ने हो भने यसको गम्भीर असर परिरहेको छ। यस्तो लाग्छ कि अबको दुई महिनासम्म स्थिति यस्तै रहन्छ।’

यद्यपि, विशाखापत्तनममा कोरोना महामारीको गम्भीरता महाराष्ट्र भेरियन्टका कारण हो वा अन्य कुनै, यसबारे हाल स्पष्ट जानकारी प्राप्त भइसकेको छैन।

डाक्टर मदाला किरण भन्छिन्, ‘जब हामीले विशाखापत्तनमका ३६ स्याम्पलको परीक्षण गरेका थियौं तब हामीले एक तिहाई स्याम्पलमा महाराष्ट्र भेरियन्ट पायौं। कोरोनाको N440 K​ भेरियन्ट पाँच प्रतिशत स्याम्पलमा पाइयो जबकी A2A  नामको भेरियन्ट ६२ प्रतिशत स्याम्पलमा पाइयो। दक्षिण अफ्रिका, ब्राजिल र बेलायती भेरियन्ट विशाखापत्तनममा फैलिरहेको छैन।’ -बीबीसी

कमेन्ट लोड गर्नुस