सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

२०७८ वैशाख २८, १२:५० खबर संवाददाता

काठमाडौं :  आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू–भागमामा आंशिक बदली रहेको छ।

दिउँसो  देशको पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  ।

राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कमेन्ट लोड गर्नुस