सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमण रोक्न सगरमाथाको चुचुरोमा सीमा रेखा कोरिँदै

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २८, ०८:५२ खबर संवाददाता

काठमाण्डौ – चीनले सगरमाथाको चुचुरोमा नेपाल र चीनबीचको सीमा विभाजन रेखा कोर्न टोलीलाई शिखरतर्फ पठाएको छ।

नेपाल तर्फ रहेको सगरमाथाको आधारशिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि चीनले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भन्दै सीमा रेखा कोर्नको लागि आरोहीहरुलाई पठाएको बीबीसीले जनाएको छ। 

चीनले यस वर्ष आफ्नोतर्फबाट सगरमाथा आरोहणका लागि विदेशी आरोहीलाई अनुमति दिएको छैन। सङ्क्रमण फैलिएको जोखिमका बीच पनि नेपालले रोयल्टी उठाउन सगरमाथा आरोहणलाई अनुमति दिएको भनी आलोचना गरेको चीनले आफ्नो सीमा छुट्याउन रेखा कोर्न लागेको समाचारसंस्था रोयटर्सले जनाएको छ।

सानो आकारको चुचुरोमा चीनले कसरी सीमा रेखा कोर्छ भन्ने बारेमा भने स्पष्ट खुलाइएको छैन। चिनियाँ समाचारसंस्था सिन्ह्वाले दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने आरोहीलाई सङ्क्रमणबाट जोगाउन चीनले रेखा कोर्ने योजना बनाएको बताएको छ।

रेखा कोर्नको लागि २१ जना चिनियाँ आरोहीहरु शिखरतर्फ गइरहेका छन्। शिखरमा लामो समय बस्न नसकिने भएकोले उनीहरुले त्यहीँ बसेर सीमापार गर्न रोक लगाउने सम्भावना कम रहने आरोहीहरु बताउँछन्। उनीहरुले सीमामा केही संकेत राख्ने आरोहीहरुको अनुमान् भए पनि त्यो यकिन भएको छैन।
 

कमेन्ट लोड गर्नुस