सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ देखि १५ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २८, ०८:४७ खबर संवाददाता

काठमाण्डौ – अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ।

अमेरिकाको खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको न्यूयोर्क टाइम्सले जनाएको छ। एफडीएले यस अघि १२ देखी १५ वर्ष उमेर समूहलाई खोप दिन परीक्षण भएर नतिजा राम्रो आएको बताएको थियो।

खोपको उत्साहजनक नतिजा आएपछि प्रयोगको अनुमति दिएको हो । अमेरिकाले अब विद्यालय र विश्वविद्यालय तहमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ। फाइजरले १२ वर्ष मुनीका बालबालिकाको लागि पनि खोपको परीक्षण भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस