सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार सुदूरपश्चिममा ६८९ जनामा कोरोना पुस्टि, १७ जनाको मृत्यु

२०७८ वैशाख २७, ०७:१३ खबर संवाददाता

धनगढीः सोमबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १०१८ नमूना पीसीआर तथा ४२३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १४४१ नमूना परीक्षण गर्दा ६८९ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ५९७ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ जना संक्रमित फेला परेका छन्। 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०१८ जनाको नमूना परिक्षण गर्दा थप ५९७ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २९६ जना, महाकाली अस्पतालमा १७९ नमूना परीक्षण गर्दा १४४ जना, डडेल्धुरा अस्पतालमा ११० नमूना परीक्षण गर्दा ४० जना, डोटी अस्पतालमा ६९ नमूना परीक्षण गर्दा ४३ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८५ हजार ३ सय ६८ नमूना परीक्षण गर्दा २४ हजार ८ सय ७२ जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ८ सय ४४ जनाले कोरोना जितेका छन् भने, २२५ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ७९ जना संक्रमित निको भएका छन्।

बिगत २४ घण्टामा कैलालीका ८ जना, कञ्चनपुरका ४, बाजुराका २, त्यस्तै डोटी र बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस