सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २७, ०५:०८ खबर संवाददाता

धनगढीः कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा धनगढीको सेती प्रोदेशिक अस्पतालमा उपचाररत ६ जना, टीकापुर अस्पतालमा उपचाररत २ जना र होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको हो। 

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६२ वर्षीया महिला, धनगढी ३ कै ८७ वर्षीया महिला, धनगढी १८ का ४२ वर्षीय पुरुषको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

यस्तै कैलालीकै बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए। 

यस्तै कैलालीको टीकापुर अस्पतालमा २ जना संक्रमितले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ की ६३ वर्षीया महिला र टिकापुर १ की ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

त्यसैगरी जानकी गाउँपालिका–१ का ६७ वर्षीया महिलाको घरमै मृत्यु भएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस