सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री हुन्: देउवा

२०७८ वैशाख २७, ०३:३६ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताएका छन्।

सोमबार विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकार नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्। 

पहिलो लहरमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको र अहिले खोपमा भ्रष्टाचार भएको उनले बताएका छन्।  

उनले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा प्रधानमन्त्रीको गल्ती भएको बताएका छन्।

‘जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, अक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ’ उनले भने। 
 

कमेन्ट लोड गर्नुस