सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीद्वारा अनावश्यक रूपमा भण्डारण गरिएका सिलिण्डर जफत

२०७८ वैशाख २७, ०३:२१ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ। 

कैलाली प्रहरीले धनगढीका विभिन्न ग्यारेज र वर्कसपमा अनावश्यक रूपमा भण्डारण गरिएका ५२ थान सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण हो।

जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उप–महानगरपालिका, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न संघ संस्थाहरूसँगको समन्वयमा अक्सिजन ग्यास सिलिण्डर जफत गरी अस्पताललाई प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

कमेन्ट लोड गर्नुस