सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षमा सरकार पूर्ण रुपमा असफल : देउवा

२०७८ वैशाख २७, ०२:५८ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए।

देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गर्दै तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे।  'यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?' उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे.

कमेन्ट लोड गर्नुस