सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उपचाररत थप ५ जनाको मृत्यु

२०७८ वैशाख २७, ०१:३० खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत थप ५ जनाको ज्यान गएको छ। कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। 

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, ७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको रहेकोे अस्पतालका मेसु डा. रेमकुमार राईले बताए।

त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ।

मृतक सबैमा कोरोनाका लक्षण देखिएको थियो। उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आउना बाँकी रहेको मेसु राईले बताए।
 

कमेन्ट लोड गर्नुस