सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ वैशाख २७, ०७:२७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको सुरक्षा बेस र बोर्डर आउट पोष्टहरुबाट गएको मोबाइल गस्ति टोलीले ५ लाख ३४ हजार ७ सय ८० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो। 

जिल्लाका सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको किराना, हार्डवेयर तथा पेन्टका सामान, मोटरसाईकल, पेय पदार्थ, युरीया मल, सुर्ती, बिँडी, प्रतिबन्धित ब्रोईलर कुखुरा तथा अण्डा बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ। 

प्रतिबन्धित ब्रोईलर कुखुरा तथा अण्डा पशु क्वारेन्टाईन कार्यालयमा बुझाएको र अन्य सामानहरु आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस