सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगलागी

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २७, ०६:२० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक गाईगोठमा आगलागी भएको छ। 

वेदकोट नगरपालिका -१० का करवीर भूलको दुईतले खरले छाएको गाईगोठमा आइतबार अचानक आगलागी भएको प्रहरीले बताएको छ। 

आगलागीबाट गोठ पूरै जलेर नष्ट भएको र कुनै चौपाया तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए। 

त्यस्तै सोही गोठमा लागेको आगो सल्केर पूनम धामीको दुईतले कच्ची घरमा समेत आगलागी भएको उनले बताए। सो घरमा सामान्य क्षति भएको र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उनले बताए।  

कमेन्ट लोड गर्नुस