सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनासँग लड्न कञ्चनपुरका युवाले सुरु गरे ‘सँगसँगै’ अभियान

२०७८ वैशाख २६, ०६:११ खबर संवाददाता

कञ्चनपुर: कोरोना भाइरसको दास्रो लहर फैलिएसँगै कञ्चनपुरका युवाहरुको त्यसविरुद्ध लड्न अभियान थालेका छन्।

महामारीको जोखिम व्यवस्थापनका लागि युवाहरुले स्वस्फूर्त रुपमा ‘सँगसँगै’ नामक अभियान चलाएको अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले बताइन्।

उनका अनुसार स्थानीय तहमै कोरोना संक्रमितलाई उचित उपचार दिने व्यवस्थापन गर्न अभियान चलाइएको हो। ‘जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नुभन्दा स्थानीय स्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाहरुको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ’ उनले भनीन्। 

अक्सिजनको व्यवस्थापन गर्न, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगायतका उदेश्य राखिएको संयोजक श्रेष्ठले बताइन्।

पहिलो चरणमा कञ्चनपुरको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकासम्म लैजाने योजना रहेको ‘सँगसँगै’ अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले बताइन। 

कमेन्ट लोड गर्नुस