सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबार कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ११०५ सवारी साधन नियन्त्रणमा

२०७८ वैशाख २६, ०५:४९ खबर संवाददाता

धनगढीः कैलालीमा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार १ सय ५ सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।   

आइतबार बिहान ६ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा उल्लंघन गर्ने ११०५ सवारी साधनलाई नियन्त्रणमा लिएको र ती मध्ये ४ सवारी धनीलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले बताए। 

उनले सवारी साधनमाथि कारवाही गरेर २ हजार राजस्व संकलन भएको बताए। अन्यलाई भने सम्झाई बुझाई छाडिएको प्रहरी निरीक्षक बोहराले बताए।

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

कमेन्ट लोड गर्नुस