सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

२०७८ वैशाख २६, ०२:३७ रासस

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन्। 

उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन्।

कमेन्ट लोड गर्नुस