सुदूर नेपाललाई विश्वसँग जोड्दै

कानून दिवसका अवसरमा प्रधानन्यायाधीशको शुभकामना सन्देश

। फोटो स्रोत ।
२०७८ वैशाख २६, ०६:०१ रासस

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। 

कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन्। विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो। 
 

कमेन्ट लोड गर्नुस