सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा ३० करोड व्यक्तिलाई खोप लगाइयो

२०७८ वैशाख २५, १०:४५ रासस

चीनमा शुक्रबारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनको यो तथ्याङ्क कोभिड१९ बाट विश्वव्यापी रूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका समय आएको हो।

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुऱ्याउने अभियानलाई तीब्र पारिरहेको छ ।

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँचदिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ । 

शुक्रबार, विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ।

चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्ल्यूएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैठौं खोप बनेको छ।

महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भएपनि स्वास्थ्य सावधानीलाई अपनायनु नै सङ्कटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,” महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए।

विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ। केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्मसुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको कुरा उल्लेख गरेको छ।

कमेन्ट लोड गर्नुस